‘काइए द्यु सिनेमा’ का लेखक तथा सम्पादकहरुले दिए संयुक्त राजिनामा

फ्रेन्च म्यागजिन ‘काइए द्यु सिनेमा’ का लेखन तथा सम्पादन टिमका सबै १५ जनाले संयुक्त रुपमा राजिनामा दिएका छन् । उनीहरुले म्यागजिन कम्पनि किनेका नयाँ मान्छेहरु संग म्यागजिनको मुख्य उधेश्य बाझिन गएको भन्दै राजिनामा दिएका हुन् । यो संगै दशकौको इतिहास बोकेको म्यागजिनको भबिष्य अनिश्चित बनेको छ ।

अहिले ब्यापारीहरु, ब्यांकरहरु र आठ जना फिल्म निर्माताहरुले प्रकाशक कम्पनिलाई आफ्नो आधीनमा लिएका छन् । नयाँ शेयरधनिहरुले म्यागजिनमा आउने समिक्षाहरुलाई आफु अनुकुल बनाउन खोजेको र प्रकाशन हुने सामग्रीहरुमा हस्तक्षेप गर्न खोजेको आरोप लगाइएको छ । सम्पादन टिमका अनुसार सधै आफ्नो अडानमा बस्ने वजनदार समिक्षालाई तिनीहरुले हलुका, बजारिया र नरम बनाउने प्रयास गरेका छन् ।

त्यस्तै ल मोन्द  का अनुसार कम्पनिका नयाँ ब्यबस्थापक एरिक लनोइरले आफुहरुले त्यस्तो किसिमको दबाब नदिएको र लेखकहरुले स्वतन्त्र रुपले लेख्न सक्ने बताएका छन् । एरिक सेरी नामको फर्निचर कम्पनिका पनि ब्यबस्थापक हुन् ।

सन् १९५१ मा आन्द्रे बाजिन, जाक डनोयल-भल्क्रोज र योसेफ-मारी लो डुका मिलेर ‘काइए द्यु सिनेमा’ को शुरुवात गरेका थिए । म्यागजिनमा ‘फ्रेन्च न्यु वेभ’ का प्रभावशाली निर्देशकहरु जाँ लुक गोडर्ड, फ़्रस्वा त्रुफो र एरिक रोह्मर ले पनि काम गरेका थिए ।