मेलिना र समिरको ‘पल्केर’ (भिडियो)

‘पल्केर’ बोलको गीत सार्वजनिक भएको छ । मेलिना राई र समिर सिंगकको आवज रहेको गीतमा शंकर थापा ‘स्माइल’ले संगीत दिएका छन् । गीतमा डिपि खनालको शब्द सुन्न सकिन्छ । भिडियोमा एलिशा राई र किरण गुरुङलाई फिचर गरिएको छ । शान थापाको निर्देशनमा तयार भएको भिडियोमा किरण एलिशासँग पल्किएको देखाइएको छ । भिडियोलाई केन्द्र लिम्बुले निर्माण गरेका हुन् ।  बुद्ध थापाले खिचेको भिडियोमा सुरेश काफ्लेले ड्रोन उडाएका छन् । राजिव समरको नृत्य निर्देशन रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् ।