राज लिम्बुको ‘ईलाम बजार’ सार्वजनिक

ईलाम सुर्योदय नगरपालिकाका राज लिम्बुले गीत ‘ईलाम बजार’ सार्वजनिक गरेका छन् । सुनिल राईको संगीत रहेको गीतमा रोवार्ड सिप्थुन्खा राईको शब्द रचना छ । ज्ञानु राईले खिचेको गीतलाई योगेश दाहालले सम्पादन गरेका छन् । पहिलो पटक आफ्नो स्वर रेकर्ड गराउन पाउँदा उनले बच्चैदेखिको सपना पुरा भएको बताए । ‘आज सपना पुरा भएको छ । आगामी दिनमा सपनालाई सार्थक बनाउन लागि पर्नेछु ।’ उनले भने । ज्ञानु राइले खिचेको भिडियो योगेश दाहालले सम्पादन गरेका हुन् । भिडीयोमा इलाम जिल्लाका रमणीय स्थललाई देखाईएको छ ।