आयंका विवाहको फोटो विवाद

प्रियंका कार्की र आयुष्मान देशराज जोशीको विवाह सम्पन्न भयो । विवाहको समयमा तस्विर खिचेको बिषयलाई लिएर विवाद समेत भएको रहेछ । अनलाइन खबरमा सार्वजनिक समाचार अनुसार संचारकर्मीले खिचेको बेहुली अन्माउदै गरेको तस्विरले गोपनियता भंग गरेको भन्दै तस्विर डिलिट गर्न लगाइएको थियो ।

खिचिएका तस्विर सार्वजनिक गर्न नहुने अवस्थाको भने थिएनन् । आर्यन धिमालले खिचेको उक्त तस्विर रिकभर गरि उक्त अनलाइनले सार्वजनिक समेत गरिसकेको छ ।

तस्विर खिच्न नदिनेहरुमा मुख्य त, नायिका निशा अधिकारी र साहना बज्राचार्य रहेका थिए । यी दुईको फोटो विवादले एक समय मिडिया र फिल्म क्षेत्रमा तरङ्ग नै ल्याएको थियो । यसैको असर हुन सक्छ उनीहरुले खुलेर बिरोध गर्नुको । जे होस् तस्विर सार्वजनिक भयो । र देखाउन नहुने केहि पनि नदेखीएको समेत पुस्टी भयो ।

विवाहको फोटो खिच्न नहुने, भने पनि आयंका जोडीका तरह तरहका तस्विर सामाजिक संजालमा उनीहरु आफैले छताछुल्ल पोख्दै आएका छन् ।

यो त नाङ्गो नाच देखाए पछिको लाज झैँ भएन र ?
तस्विर : अन्लाइन खबर डटकम / आर्यन धिमाल
सम्पादित (सम्पादक)