प्रियंका कार्कीलाई ‘भुन्टी केकु’को शुभकामना

नेपालमा मात्रै होइन, अधिकांस देशमा नायिकाहरु बीच राम्रो सम्बन्ध रहदैन । उनीहरुको मित्रता त टाढाको कुरा बोल चाल समेत नभएको धेरै उदाहरण छन् । तर यहि बीच केहि नेपाली नायिकाबीच भने प्रगाड सम्बन्ध देखिएको छ ।हालसालै विवाह गरेकी नायिका प्रियंका कार्कीलाई उनका समकक्षी नायिकाहरुले खुलेर शुभकामना दिएका छन् । उनको प्रसंसा गर्दै उनकी निकट नायिका साथी केकी अधिकारीले मीठा शब्द कोरेकी छन् ।
हेरौ उनको भावना जस्ताको त्यस्तै:

प्रिय प्रियंका,

तिम्रो खुशीको दिनमा तिम्रो लागि केही शब्द कोरेर शुभकामना दिँउ कि भन्ने सोचेँ। तिम्रो नाम अनि काममा यति हराइएछ कि तिम्रो नामको सिधा अर्थ के होला भनेर कहिले पनि सोचिनछु अनि सोधिनछु जबकी म हरेक ब्यक्तिको नामको अर्थ खोजीहाल्ने खालकी छु। तिमी त कामले नाम बनाएकी मान्छे, तिम्रो काम अनि नामको प्रशंसा गरेर म तिमीलाई तिमी त्यति मात्र हौ भन्न सक्दिन। मैले तिमीलाई नजिकबाट चिन्ने मौका पाएकी छु रत थाहा पाएकी छु कि तिमी त्यो भन्दा धेरै होऔ।

शब्दकोषले तिम्रो नाम संस्कृतबाट लिइएको `प्रियंकारा´ जसको शाब्दिक अर्थ मिलनसार, रमाइलो , सबैलाई आफ्नो बनाउन सक्ने, खुशी बनाउन सक्ने, मायालु स्वभाव भएको जुन तिमी साच्चै छौ भनेपनि तिमी त्यो भन्दा धेरै होऔ।

तिमीलाई सायद हेक्का नहोला तिमीले के गरेकी छौ। तिमीले सबै नारीलाई आँट दिएकी छौ, निडर हुन ,आफ्नो ढंगले जीवन जिउन, आजको लागि बाँच्न, खुलेर हाँस्न, अनि नअघाउनेगरी माया गर्न सिकाकी छौं। तर तिमी त्यो भन्दा पनि धेरै होऔ।

तिमी प्रियंका बन्न चाहने अनि बन्न नचाहाने हरेक महिलाकोलागि एक प्रेरणा अनि उदाहरण बनिसकेकि छौं । तिम्रो जिन्दगी अझै अर्थपूर्ण हुँदै जाओस्। तिमीलाई मेरो सधै तिमी जस्तै उज्यालो, उर्जाशील शुभकामना। तिमीले खुशी होइन खुशीले तिमीलाई सधैं पाइराखोस्।

-उहीँ तिम्री भुन्टी केकु