नेपाल आउदै र्यापर आरसीआर : को हुन् उनी !

यहि फागुन २४ गते सनिबार साँझ ७बजेबाट ठमेलमा सांगीतिक धमाका हुने भएको छ । ठमेल स्थित क्लव फरेनाइटमा भारतीय र्यापर आरसिआर र नेपाली चर्चित पप गायक नविन के भट्टराईले प्रस्तुति दिने भएका छन् । कार्यक्रमलाई लिएर अत्याधुनिक तथा पप गीत मन पराउने दर्शकमा उत्साह थपिएको छ । वि डु इभेन्ट एण्ड म्यानेजमेन्टको आयोजनामा कार्यक्रम हुन लागेको हो ।

को हुन् त, नेपाल आउन लागेका भारतीय र्यापर आरसीआर :
पंजावका रोहित चौधरी र्यापस्टार अर्थात आरसीआर कम उमेरमा नै चर्चामा आएका भारतीय र्यापर हुन् । उनलाई यो नाम उनका आफ्नै गुरुले दिएका हुन् । २३बर्षको उमेरमा नै चर्चाको शिखरमा पुग्न सफल उनलाई एमटीभी हसल (hustle)  रियालिटी शोले हिट बनायो । केहि समय अघिबाट संगर्ष गर्दै आएका उनलाई दर्शक माझ तान्ने काम भने उक्त शोले गरेको हो । हिपहप गीत गाउने उनलाई दर्शक नचाउने गीत गाउन समेत रुची छ । समाजमा भएका विकृति विसंगति बिरुद्ध कलम चलाउदै आवाज दिने उनले सकारात्मक रुपमा समाज परिवर्तनको अपेक्षा गरेका छन् । पहिले उनलाई खासै समर्थन नभए पनि बिस्तारै उनको चर्चा चुलिएको हो । उनका पापा र ए दिल हे मुस्किल आफ्नै जीवनमा आधारित गीत हुन् । धेरै नेपाली समेतलाई  गीतमा झुमाउन सफल आरसीआरको शो नेपालमा प्रतिक्षारत छ ।