‘सेन्टी भाइरस’ को कलेक्सन ४ करोड माथि

फिल्म ‘सेन्टी भाइरस’ यतिबेला दोस्रो हप्तामा चलिरहेको छ । सोमबार निर्माण टिमले एक पत्रकार सम्मेलन आयोजना गरेर फिल्मले दोस्रो हप्ताको शनिबार सम्म करिब ४ करोडको ग्रस कलेक्सन गरेको जानकारी दिएको छ । फिल्मले विदेश प्रदर्शन अधिकार १ करोड १५ लाख र डिजिटल राइट्स ४५ लाखमा विक्री गरेको थियो । यो आँकडा हेर्दा २ करोड ८५ लाखको फिल्मको लगानी लगभग उठेको छ ।
फिल्मका कलाकार सिताराम कट्टेलले दोस्रो हप्तामा पनि फिल्मलाई दर्शकहरुले राम्रो साथ दिईरहेको बताए । उनले समय अभाब र विविध कारणहरुले आफुहरुले उत्कृष्ट फिल्म बनाउन नसकेको पनि स्वीकार गरे । त्यस्तै फिल्मको बारेमा आइरहेको समिक्षाहरु प्रति आफ्नो कुनै गुनासो दुखेको नरहेको पनि उनले बताए । फिल्मका निर्देशक रामबाबु गुरुङले ‘सेन्टी भाइरस’ सम्म आइपुग्दा धेरैजनाले समिक्षा गरेको र आलोचना पनि धेरै खेप्नु परेको सुनाए ।
फिल्ममा सिताराम कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राइ, विल्सन बिक्रम राइ, राजाराम पौडेल, बसन्त भट्ट लगायतको मुख्य भूमिका रहेको छ ।

बिहे अघि पूर्व मिस नेपालहरुसँग श्रृङ्खलाले साटिन् खुशी

‘चिठ्ठी’को ‘टुटेको तारा’ गीत सार्वजनिक

‘दान्भी’को फस्टलुकमा मेसिनगन बोकेकी पूजा

दीपक र केदारबिच बाहिरी ब्यानरको एक–एक वटा फिल्म खेल्ने सहमति

फिल्ममा सफ्ट, सोसल मिडियामा बोल्ड आँचल

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

प्रतिक्रिया