अक्षय कुमारले ट्रान्सजेन्डरको घर बनाउन सहयोग गर्ने

बलिवुड अभिनेता अक्षय कुमारले ट्रान्सजेन्डर हरुको लागि चेन्नईमा घर बनाउन सहयोग गर्ने भएका छन् । ‘लक्ष्मी बम’ का निर्देशक राघव लरेन्सले उक्त कुरा खुलाएका हुन् । उनले अक्षयले १ करोड पचास लाख (भारतीय रुपैया) सहयोग गरन लागेको जानकारी दिदै अक्षयलाई धन्यबाद दिए ।

लरेन्सका अनुसार लरेन्स च्यारिटेबल ट्रस्टले भारत मै पहिलो पटक यसरी ट्रान्सजेन्डरको लागि घर बनाउन लागिएको हो । उनले आफुले ‘लक्ष्मी बम’  को शुटिंग दौरान यसबारेमा अक्षय संग प्रस्ताब राख्दा अक्षय तुरुन्त तयार भएको बताए । ट्रस्ट ले आफ्नो तर्फ बाट जमिन उपलब्ध गराएको छ भने घर बनाउनको लागि फण्ड जम्मा गरिरहेको छ ।

‘लक्ष्मी बम’ कमेडी हरर फिल्म हो । यस फिल्ममा अक्षय र कियारा आडवाणी मुख्य भूमिकामा देखिनेछन् ।