औद्योगिक व्यापार मेलामा ‘स्कुल डान्स आइडल’ हुदै

धरानमा जारी औद्योगिक व्यापार मेलामा धरानको कक्षा ५ देखि १० कक्षा सम्मको बिधार्थिहरुलाई समेटेर ‘स्कुल डान्स आइडल २०७६’ आयोजना गरिएको छ । औद्योगिक व्यापार मेलामा केहि नयापन दिने अभिप्रायले स्कुले बिधार्थीहरु समेटेर कार्यक्रम आयोजना गरिएको संयोजक शिवराज श्रेष्ठले बताए ।
शनिबार मेलाको स्टेजमा आयोजना भएको स्कुल डान्स आइडल २०७६ को अडिसनमा धरानका बिभिन्न बिधालयको २८ जना छात्र- छात्राहरुले भाग लिएका थिए । उनीहरुको प्रस्तुति , भेषभुषाको आधारमा १५ जना छात्र- छात्राहरु छानिएको छ । छानिएकाहरु सिद्धिका राई , संजल राई , रिन्छिन गुरुङ, प्रज्ज्वल राई , स्वेत राई , डिना लिम्बु , करिस्ता राई , इशान बिक , तोषी सुनुवार , रिश्ता याक्खा , सोनिया राई , आस्था अर्याल , रोहण मगर , बिनिषा राई , र बिमस पौडेल रहेका छन् । आगामी फागुन २३ गते भित्रमा विभिन्न चरणको कार्यक्रम गर्दै टप १० , टप ५ गरि अन्त्यमा बिजेता को घोषणा गरिनेछ । आफ्ना मनपरेको प्रतियोगीहरुलाई भोट दिन मेला आयोजना स्थलमा प्रवेशटिकट मा राखिएको फर्मबाट भोट दिने व्यवस्था मिलईएको छ भने निर्णायकको भूमिका पनि महत्वपुर्ण हुने डान्स आइडल व्यवस्थापक युनाइटेड डान्स एकेडेमीका संचालक सन्तोष तामांगले बताए ।
स्कुल डान्स आइडल २०७६को बिजेताले रु ५० , ५५१ /- फर्स्ट रनरअपले रु . २५,५५१/- र सेकेन्ड रनर अपले १५ ,५५१ /- पुरस्कार पाउनेछन् । कार्यक्रमको प्रमुख निर्णायकमा नृत्य निर्देशक निका मोक्तान रहेकी छन् ।

‘परदेशी २ र भष्मे डन’को बिचमा २ हिन्दी फिल्म

विदेशमा ‘पशुपति प्रसाद २ः भष्मे डन’को उच्च माग, खुल्न थाल्यो बुकिङ

एउटै कलाकार ३ वटा बैंकको प्रमोशनमा, ग्राहक झुक्किने कुरामा खै त सचेत ?

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

४ लाखबाट १० लाख पारिश्रमिक मागेर सलोनले छाडेका थिए ‘हामी तिन भाई’

प्रतिक्रिया