नेपाली संस्कृति अनुसार बिहे गर्छु : पल शाह

नायक पल शाहको फिल्म ‘म यस्तो गीत गाउछु २’ प्रदर्शनको क्रममा रहेको छ । सोहि फिल्मको प्रमोसनमा ब्यस्त छन् ।  उनले यहि क्रममा एउटा अन्तर्वार्तामा आफुले नेपाली पारामा विवाह गर्ने बताएका छन् । अरुको विवाहमा जादा, देख्दा आफ्नो विवाहको बारेमा समेत सोचिने उनी भन्छन् ।

अहिले भारतीय संस्कृति पछ्याउदै गरिने बिवाह उनलाई मन परेको रहेन छ । यहि प्याट्रन पच्छ्याउदै हालसाल मात्रै प्रियंका कार्कीले विवाह गरेकी छन्, भने आंचलले समेत भब्य इन्गेजमेन्ट गरिन् । लामो समय नाम जोडिएको पलआंचल सम्बन्ध डाक्टर उदिपको आगमन संगै टुटेको हो । उनी आंचलको इन्गेजमेन्टमा समेत गएनन् । फिल्मको व्यस्ततालाई कारण मान्छन उनी र यसलाई ठुलो विषय नबनाउन आग्रह गरेका छन् ।

सोहि क्रममा उनी कलाकारको विषयमा आउने गसिपलाई समेत सामान्य रुपमा लिने गरेको बताएका छन् । जब सम्म चरित्र हत्या हुदैन र प्रश्न चिन्ह राखेर, मर्यादा ननाघी लेखेको बिषय सामान्य नै हो, भन्छन् उनी ।

फिल्ममा पूजा र पलको साथमा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोख्रेल, गणेश गिरि, सोनीका रोकाया लगायतको अभिनय रहेको छ ।  सुदर्शन थापाले निर्देशन गरेको फिल्म पूजा शर्मा र निर्देशक थापाले निर्माण गरेका हुन् ।  फिल्मका सह निर्माता जन्मजय राई रहेका छन् ।  फिल्मको भीएफएक्स सत्यम राणाले सम्हालेका हुन् ।  सुदर्शन थापाकै कथा रहेको फिल्मका गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् ।  सौरभ लामाले खिचेको फिल्म बेनिश शाह र मिलन श्रेष्ठले सम्पादन गरेका छन् ।  फिल्ममा अर्जुन पोखरेलको संगीत छ । फिल्म यहि फागुन २३बाट प्रदर्शनमा आउने छ ।