अक्षयको सुर्यबंसीमा नेपाल प्रहरी : कस्तो होला नेपालसंगको सम्बन्ध

भारतीय फिल्म सुर्यबंशीको ट्रेलर सार्वजनिक भएको छ । ४ मिनेट १५ सेकेन्डको ट्रेलरमा सुरु र अन्त्यमा नेपाल प्रहरी संचार सेट ( वाकीटकी) को आवाज सुन्न सकिन्छ।  ट्रेलरको सुरुमा नै पुलिश कार्यालय (कन्ट्रो) लाई इको कलसाइनले कल गरेर ट्रेलर सुरु भएको छ भने अन्त्यतिर ४ मिनेट ५सेकेन्डमा पुनः कल गर्दै हाम्रो पेट्रोलिङ भ्यान इन भयो ‘रोजर’ लेकसाइड नर्मल छ है, भनेर सकिएको छ । यसले के अनुमान गर्न सकिन्छ भने, फिल्मको बिषयबस्तु नेपालसंग जोडिएको छ ।

भारतीय फिल्मले नेपाल चित्रण गर्दा अधिकांस फिल्ममा आतंककारी लुक्ने स्थान भनेर चित्रण गरेको पाइन्छ । पछिलो उदाहरण अर्जुन कपूरको इन्डियाज मस्ट वान्टेडलाई लिन सकिन्छ । उक्त फिल्ममा आतंककारी लुक्ने स्थान नेपाललाई भनिएको छ । त्यस्तै यस फिल्ममा अधिकांश छायांकन नेपालका बिभिन्न स्थानमा गरिएको छ ।

यस अघि पनि अक्षय कुमार अभिनित ‘बेबी’ फिल्ममा नेपाललाई आश्रय स्थल बनाएको आतंककारीलाई भारत फर्काइएको थियो ।

एकपछी अर्को गर्दै भारतीय फिल्म मेकर्शले नेपाललाई हेर्ने दृष्टिकोण विश्व समुदाय सामु नकारात्मक पार्दै लागेका छन् । नेपाली संचारमाध्यमले समेत नेपालमा छायांकन गरेको भारतीय फिल्म भन्दै प्रचार गर्ने गरे पनि यसको असर सम्पूर्ण देशको चिनारी मै आघात पुग्ने किसिमको छ ।

अझ शुर्यबंशीमा प्रयोग गरिएको नेपाल प्रहरीको कोडसाइनले त अझ भारतले नेपाल माथि गर्ने गरेको अप्रत्यक्ष प्रभावलाई देखाएको छ ।

यदि यस फिल्ममा पनि अन्य फिल्ममा झैँ नेपाललाई आतंककारी लुक्ने स्थान अथवा गलत इंकित गरेको हो भने सेन्सर बोर्डले यसलाई कस्तो रुपले लिन्छ होला ?

सुर्यबंशी नेपालमा समेत प्रतिक्षित फिल्म हो । पहिलाका फिल्महरुमा झैँ नेपाललाई आघात पुर्याउने बिषय बस्तु भएमा फिल्म नचल्ने पक्का छ ।