रणवीर सिंहको पहिरनबाट प्रभावित ऋतिक

बलिवुड अभिनेता ऋतिक रोशन यतिबेला दुबई मा भ्याकेशन मनाइरहेका छन् । त्यहि बाट उनले धेरै फोटोहरु पोस्ट गरिरहेका छन् र उनका फ्यानहरुले ति फोटोहरु मन पनि पराइरहेका छन् ।

हालै उनले रणवीर सिंहको प्रसङ्ग जोडिएको फोटो पनि पोस्ट गरे । फोटोमा ऋतिक अजिबको फेशनमा देखिएका छन् । उनले माथि टि- शर्ट लगाएका छन् भने तल तौलिया बेरेका छन् र एक मैदानमा घुमिरहेका देखिन्छन् । उनले फोटो मुनि रणवीर सिंह को फेशन शैली बाट प्रभावित भएको पनि उल्लेख गरेका छन् । रणवीर सिंह त्यस्तै अजिब अजिब फेशनको लागि प्रख्यात छन् ।

प्रसंशकहरुले उनको पोस्टमा रमाइलो प्रतिक्रियाहरु दिईरहेका छन् ।

 

 

 

 

 

सन् २०१९ मा ऋतिकका दुवै फिल्महरु – ‘सुपर ३०’ र ‘वार’ हिट भएका थिए । अहिले उनको अर्को फिल्मको चर्चा चलिरहेको छ तर घोषणा भने भैसकेको छैन ।