स्वेता खड्काले क्यान्सर अस्पताल बनाउने

अभिनेत्री स्वेता खड्काले गोदावरीको छम्पीमा नेसनल क्यान्सर अस्पताल बनाउने भएकी छिन् । सोमबार अस्पतालको शिलान्यास पनि गरिएको छ । स्वेताले विगत ५ वर्ष देखि आफु अस्पताल निर्माणको लागि खटिरहेको र अहिले आएर आफ्नो धोको पुरा हुन लागेको बताईन् । उनले अस्पतालको शिलान्यास गर्न पाउँदा आनन्दको अनुभूति भएको बताईन् ।

श्रीमान श्रीकृष्ण श्रेष्ठ र भिनाजु समेत क्यान्सरको कारण गुमाएको प्रसङ्ग निकाल्दै उनले लामो समयदेखि आफु मानसिक रुपमा क्यान्सर विरुद्ध लडिरहेको बताईन् ।

नायिका खड्काले केही वर्षमै अस्पताल निर्माणको काम पुरा हुने र त्यस पश्चात क्यान्सर पीडितहरुले स्वच्छ रुपमा सेवा पाउने विश्वास व्यक्त गरिन् । क्यान्सरकै कारण अभिनेता श्रीकृष्ण श्रेष्ठको केही बर्ष अघि निधन भएको थियो ।