भारतीय संस्कार अनुसार विवाह गरेकोमा प्रियंकाको स्पष्टीकरण

केहि दिन अघि अभिनेत्री प्रियंका कार्की र आयुष्मान देशराज जोशी विवाह बन्धनमा बाधिए पछि उनीहरुले भारतीय संस्कार अनुसार विवाह गरेको भनेर विवादमा तानिएका थिए । प्रियंकाले उक्त कुराको स्पष्टीकरण दिएकी छिन् ।

उनले आफूहरु दुवै पक्षको मावली पुर्खा भारतीय भएकाले उनीहरुको सम्मानको लागि भारतीय संस्कार अनुसार विवाह गरिएको बताईन् । उनले आफ्नी आमा पट्टिको हजुरबुबा पन्जाबी भएको र आफ्नो परिवार अमृतसर र हरियाणामा पनि भएको लेखेकी छिन् । साथै उनले आयुष्मानको आमाको हजुरबुबा पनि पञ्जाबी भएको बताइन् । उनले कसैको बारेमा कुरा गर्नु अघि उनीहरुको पुर्खाको इतिहास बुझ्नु पर्ने बताइन् ।