पुर्व संचारकर्मी हालकी चर्चित नायिका पूजा शर्मा

सिन्धुपाल्चोकमा जन्मिएकी पूजा शर्मा अहिलेकी महंगी नायिकाको रुपमा चर्चित छिन् ।  पत्रकारिता विषयमा स्नातक गरेकी उनले करियरको सुरुवातमा टेलिभिजन कार्यक्रम चलाउथिन् । गीत गाउने या अभिनय गर्ने कुनै सौख नभए पनि ‘एक पटक गरौ न त’ भन्ने सोचले आज सम्मको यात्रा तय गरेको उनी बताउछिन् । सानैबाट संचारकर्ममा आउन चाहने उनी अहिले नेपाली फिल्म जगतमा राम्रो स्थान बनाउदै अगाडी बढेकी छन् ।

अनिल सिंहसंग आवाज सेयर गर्दै अभिनय समेत गरेकी पूजाको भिडियोमा देखिने एउटा रहर मात्रै थियो । तर उनको रहर बिस्तारै कर्म बन्न पुग्यो ।

पत्रकार निर्देशक सुरेश दर्पण पोखरेलको फिल्म थ्री लभर्समार्फत फिल्म क्षेत्र प्रवेश गरेकी उनको मुख्य अभिनय रहेको फिल्म भने मधुमास हो । लहड नै लहडमा स्क्रिप्ट समेत नहेरी उनले पोखरेलको फिल्मका लागि हुन्छ भनेकी थिइन् र यो फिल्म नै अन्तिम सोचेकी थिइन् ।

एक्लै आफ्नो नामले नै फिल्म चलाउन सक्ने अभिनेत्रीको रुपमा समेत परिचित शर्मालाई कतिपय संचारमाध्यमले नेपाल कै महंगी नायिका भनेर प्रचार समेत गरेका छन् । फिल्म क्षेत्र प्रवश गरेसंगै केहि समयमा नै हाईप लिन सफल उनले पछाडी फर्केर हेर्नु परेको छैन ।

सुदर्शन थापा र सन्तोष सेनको प्रेम गीत सम्म आइ पुग्दा त उनको माग फिल्म बजारमा ह्वात्तै बढ्यो प्रदिप खड्कासंगको उनको जोडी अत्याधिक रुचाइएको मध्ये एक बन्यो । उनको डिमाण्ड कै कारण डिजिटल राइट्समा समेत उनका फिल्मले बढी प्राप्त गरेका छन् । भलै करको बिषयमा कर कार्यालय जानकार होला ।

उनको छुटै अडियन्स रहेका छन् । प्रेम गीतकी गीत बनेर उनले तानेका दर्शक अहिले म यस्तो गीत गाउछु सम्म आइ पुग्दा लाखौको संख्यामा बढेका छन् । उनलाई दर्शकको भरपुर साथ छ । यसको उदाहरणको रुपमा उनकै नाम लिएर खुलेका फ्यानहरुका सामाजीक संजालमा देखिने अकाउन्टहरु हुन् । उनको जोडी प्रदीपसंग होस् चाहे पल या त आकाश सबैसंग उतिकै मन पराइएको छ । चर्चा चुलिदै गएको छ ।

सुदर्शन थापाको मेकिंगको फिल्मले चर्चित बनकी उनी अहिले सुदर्शनको साझेदारको रुपमा काम गरिरहेकी छन् । को हुन् त गीत ? को जिज्ञासासंगै उनको खोज सामाजिक संजालमा उच्च बन्यो । नेपालमा समेत बढी खोजिने कलाकार तथा फ्यान फलोर्सको हिसावमा कलाकारको र्यांक निर्माण गर्ने हो भने संभवत पूजा नै टपमा पर्छिन् ।

केही समयको अन्तरालमा संचार माध्यममा आउदा उनका अन्तर्वार्ता समेत युट्युवको ट्रेन्डीङमा पर्ने गर्छन् । टेलिभिजनमा कार्यक्रम प्रस्तोता हुदा देखि म यस्तो गीत गाउछु २ सम्मको यात्रामा उनले ठुलो छलांग मारेकी छन् ।

तर अब भने उनी संयमित हुने समय पो आएको हो कि ? उनले आफ्नो परिवर्तित रुप नदेखेकी पो हुन् कि ? हालसालैका अन्तर्वार्तालाई नियाल्दा सम्म पनि उनमा आफु संचारकर्म मै रहेको भ्रम रहेको देख्न सकिन्छ । उनको यो पत्रकार संगको ‘फ्रेन्डली’ नेचरले अन्तर्वार्ताका न्युनतम नियम समेत मानेको देखिदैन । ‘क्यामेराको अगाडी छु’ भन्ने समझ उनमा हुन जरुरी छ भनेर त सायद जन्मदिनको पहिलो अन्तर्वार्ताबाट थाहा पाएकी होलिन् । पत्रकारले लेखेको ‘प्रियंकाको चटक’ पचाउन नसक्ने उनले बुज्न जरुरी छ की उनका साथी पत्रकार क्यामेरा पछाडी हुन्, न की दर्शकको अगाडी । पटक पटक विवादित बोलीले उनलाई फसाउने गरेकै छ । तर उनमा परिवर्तन देखिएको छैन । उनी अब पुर्व पत्रकार नरहेर एक चर्चित सेलिब्रेटी बनिसकेकी छन् ।

पछिल्लो समयकै प्रकारका अभिव्यक्ति बढ्दै जादा आज सम्मको यो मेहेनत र फ्यान फलोइंग नै उनी माथी भारी पर्ने पो हो की ? एउटा अभिव्यक्तिले सबै सक्छ भन्ने कुरा पूजाको जीवनमा दृस्टान्त बनेर बस्न सकोस् ।
तस्विर : सामाजिक संजाल