साउन ३०मा खगेन्द्रको ‘पानीफोटो’

टुकी आर्ट्स प्रा. लि.ले मञ्जुश्री फिल्म प्रोडक्सनसँगको सहकार्यमा निर्माण गरेको फिल्म ‘पानीफोटो’ २०७७ साल साउन ३० गतेबाट प्रदर्शनमा आउने भएको छ ।

यसै फिल्म मार्फत चर्चित कलाकार, लेखक तथा नाटक निर्देशक खगेन्द्र लामिछाने फिल्म निर्देशकको रुपमा आउँदैछन् । फिल्म निर्माण रोजिना सिटौला र रबिन्द्र बज्राचार्यले गर्दै छन् । फिल्ममा कलाकार अनुप बराल, मेनुका प्रधान, मलिका महत, खगेन्द्र लामिछाने, प्रकाश घिमिरे, माओत्से गुरुङ्ग, बुद्धि तामाङ्ग, अजस्र ढुङ्गाना, कमलमणी नेपाल, राधा श्रेष्ठ, श्याम कुमार खड्का, कमल देवकोटा, अनोज पाण्डे लगायतको अभिनय रहेको छ ।