चौथो पटक ‘विग मुभिज’ लाई कानुनी कारवाही

- मेराेफिल्म

वाणिज्य विभागले बिग मूभिज मल्टिप्लेक्सलाई कार्वाही गरेको छ । विभागको टोली बुधबार दिउँसो कमलपोखरस्थित हलमा पुगेको विभागको टोलीले बजार मूल्यभन्दा बढीमा खाना र पेय पदार्थ बेचेको आरोपमा कारवाही गरेको हो । ७० रुपैयाँ पर्ने कोकलाई सयभन्दा बढी मूल्यमा बेचेको पाइएको थियो ।

सोहि कसुरमा बिग मूभिजलाई २ लाख ५० हजार जरिवाना गरिएको छ । ठगीको आरोपमा यो मूभिजलाई कारवाही भएको चौंथो पटक हो । लामो समयदेखि फिल्म हलको पेय र खानाको गुणस्तरमा उपभोक्ताले गुनासो गर्ने गरेकोमा उपभोक्ता को उजुरी अनुसार कारवाही गरिएको हो ।

२०७६ फागुन २२ गते १३:०८ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *