सगरमाथा आरोही शेर्पाको जीवनीमा बनेको फिल्मको प्रोमियर सम्पन्न

फिल्म ‘कान्छा शेर्पा’ को बुधबार प्रिमियर गरिएको छ । प्रथम सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाका नाती कान्छा शेर्पामाथि बनेको फिल्म क्यूएफएक्स छायाँमा विभिन्न क्षेत्रका व्यक्तित्वले फिल्म हेरे ।

९० मिनेट लामो फिल्म का निर्माता, निर्देशक फिनिस निर्देशक मर्टेन साङ्पो बोरिक हुन् । सन् १९५३ मा सगरमाथा आरोहण भएपछिका अनुभव र सम्झनालाई नोर्गेका नाती कान्छा र अर्का आरोही एड्मन्ड हिलारीका नाती पिटरले सविस्तार वर्णन गरेका छन् । फिल्मलाई नेपालमा व्यवसायिक प्रदर्शनका लागि तयारी भैरहेको र यसले नेपालको पर्यटनमा टेवा पुग्ने विश्वास लिइएको छ । निर्देशकले कान्छामार्फत शेर्पाको संघर्ष र जीवनलाई चित्रण प्रयत्न गरेका छन् ।

ट्रेलर :