सशान कंडेलको ‘हरिबोल’ भजन

भजन ‘हरेराम हरे कृष्ण’ को सफलता पछि गायक सशान कंडेलले नयाँ भजन ‘हरेराम हरेकृष्ण २ हरी बोल’ सार्वजनिक गरेका छन् । इस्टन र वेस्टनको फ्युजनमा बनेको यो भजनले अहिलेका नयाँ पुस्ताहरुको पनि मन  जितेको छ ।  भजनको शब्द सशानको आफ्नै रहेको छ भने संगीत  राजेन्द्र बजगाइको रहेको छ । बुद्ध थापा र ओम प्रसाइको भिडियो छायांकन, बिकास दाहालको सम्पादन  र निर्देशन स्वयम सशान कंडेलकै रहेको छ।