वरुणकी ‘कुल्ली नम्बर वान’ यी महिला

वरुण धावनको आगामी फिल्म ‘कुली नम्बर वान’ को छायांकन सम्पन्न भएको छ।  यहि बीच बुधवार उनले यस फिल्मको शिर्षकसंग जोडिएर एक ट्वीट सेयर गरेका छन् । जहा उनले भारतीय रेलवेमा काम गर्ने एक महिला कुल्लीको तारिफ गरेका छन् । उनले उक्त महिलाको तस्विर सेयर गर्दै लेखेका छन्, ‘ये हे कुली नम्बर वान’।

उक्त महिलाको तारिफका लागी उनले रेल मन्त्रालयबाट सहयोग लिए । उनले यी महिलाले आफु कोही भन्दा कम नभएको सावित गरेको बताएका छन् । जसलाई सबैले सलाम गर्नुपर्ने धवनले लेखेका छन् ।

फेब्रुअरी अन्तिममा छायांकन सकिएको फिल्म यहि बर्षको मेमा रिलिज हुनेछ ।