प्रियंका चोपडाको फिटनेस टिप्स

भारतीय अभिनेत्री प्रियंका चोपडाको आफ्नै फ्यान फलोअर्स छन् । उनको जीवनशैली देखि, पहिरन र मेकअप प्रोडक्ट समेत कपि गर्न चाहने धेरै दर्शक छन् । तर आज हामी भने उनको फिटको चर्चा गर्दै छौ। उनी आफ्नो सौन्दर्यलाई मात्र नभई फिटनेसलाई पनि विशेष ध्यान दिन्छिन् । एक अन्तर्वार्तामा प्रिंयकाले आफू फिट रहनको लागि कस्तो डाइट योजना बनाउँछु भन्नेबारे चर्चा गरेकी थिइन् ।

प्रियंकाले आफू खानाको ज्यादै सौखिन भएको बताइन् । उनी सधैं ब्रेकफास्टमा लच्नको कुरा गर्छिन् र लन्चमा डिनरको मेन्युबारे कुरा गर्छिन् । जब प्रियंका नयाँ देशमा जान्छिन् तब सबैभन्दा पहिले उनी खानामा प्रयोग गर्ने गर्छिन् । यसको प्रभाव धेरै पटक उनको शरीरमा देखा परेको छ ।

विशेषगरी दिवाली र क्रिसमसको बेलामा आफ्नो तौल बढ्ने प्रियंकाले बताइन् । यसपछि जनवरी, फेब्रेवरी र मार्चसम्म उनी आफ्नो वजन कम गराउनमा खर्चिन्छिन् ।

प्रियंकाले आफू फिट रहनको लागि हप्तामा कम्तिमा ३ दिन बिहान उठेर वर्कआउटको प्रयास गर्ने बताइन् । उनले आफू कहिल्यै स्पिकिङ र कार्डियो गर्न नबिर्सिने बताइन् ।

प्रियंका बिहान ब्रेकफास्टमा अण्डा र टोस्टको साथ अमलेट वा एवोकाडो खान्छिन् । उनी इण्डियामा रहँदा सबैभन्दा धेरै पराठा खान्छिन् ।

प्रियंका आफूलाई घरको खाना धेरै मन पर्ने बताउँछिन् । जब उनी भारतमा हुन्छिन् तब लन्चमा घरकै खाना खाने प्रयास गर्छिन् । किनकी अमेरिकामा उनलाई घरको खाना मिल्छ तर त्यो सधैं डब्बामा मात्र आउँछ। जुन ताजा हुँदैन । उनलाई साउथ इण्डियन खाना धेरै मनपर्छ । डोसा, फिस करी, दही राइस। यसका साथै उनी पानी पनि धेरै पिउने गर्छिन् ।

प्रियंका आजकाल नाचनी रोटी (चामल र गहुँबाट बनाइएको) खाइरहेकी छन् । यसका साथ उनी भिंडी, दाल, आलू गोभी लगायतका सब्जी खान्छिन् । खानाको साथ प्रियंका सधैं दही, सलाद र अचार खान्छिन् । डिनरमा प्रियंका सुरुवातमा सधैं सुप पिउँछिन् ।