रोकियो ‘म यस्तो गीत गाउँछु २’को कार्यक्रम

- मेराेफिल्म

कोरोना भाइरसको प्रभाव नेपाली फिल्म क्षेत्रमा समेत पर्न थालेको छ । आज बिहीबार राखिएको फिल्म ‘म यस्तो गीत गाउँछु २’को पत्रकार भेटघाट कार्यक्रम समेत रोकिएको छ । बिषेश कारण देखाएर निर्माण युनिटले फिल्मको कार्यक्रम स्थगित गरेको हो । टिमले फिल्मको विषयबस्तु बारे जानकारी दिन दरबारमार्गको राइजिङ महलस्थित क्युजमा आजको कार्यक्रम राखेको थियो । कोरोनाको कारण हल सम्म दर्शक नआएपछि फिल्म चलाउने नचलाउने बारे छलफलका लागि कार्यक्रम रोकिएको चर्चा छ ।

यही फागुन ३० गतेबाट प्रदर्शनमा आउने भनिएको फिल्ममा पल शाह, पूजा शर्मा, हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकायलगायतका कलाकारको अभिनय रहेको छ । सुदर्शन थापाको निर्देशन रहेको फिल्म अभिनेत्री पूजा र निर्देशक सुदर्शनले नै मिलेर बनाएका हुन् । फिल्ममा बनिष शाह र मिलन श्रेष्ठको सम्पादन, सौरभ लामाको छायाँकन छ ।

 

२०७६ फागुन २२ गते १४:३७ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *