कोरोना त्रास,छायांकन कार्य स्थगन गरौं –निर्माता संघ

नेपालमा कोरोना भाइरसको आतंक बाट बच्नको लागि सुरुवाती अवस्थामै आवश्यक सतर्ककता गरिदैछ । छिमेकी राष्ट्र चीनबाट विश्वका अन्य मूलुकहरुमा महामारिको रुपमा फैलिरहेको कोरोना भाइरसको जोखिममा नेपाल पनि परेको भन्दै नेपाल सरकारले यसबारे चासो देखाएपछि विभिन्न संघ संस्थाले पनि आआफ्नो तर्फबाट सचेतनात्मक कार्यको लागि आफ्ना कार्यक्रमहरुलाई धमाधम सारीरहेका छन् ।
त्यसमा चलचित्र क्षेत्र अछुतो रहन सक्दैन । भर्खरै नेपाल चलचित्र निर्माता संघका महासचिव रोज राणाले जारी गरेको एक विज्ञप्तीमा कोरोनाको जोखिमबाट बच्न र सतर्कता अपनाउन चलचित्रको सम्पूर्ण छायांकन भइरहेको चलचित्रहरुको हकमा सम्भव भएसम्म राज्यबाट अर्को सूचना जारी नहुन्जेल सम्मका लागि चलचित्रहरुको छायांकन कार्य स्थगन गर्नको लागि अनुरोध गरिएको छ ।