कोरोनाका कारण छायांकनमा रहेका फिल्मअन्योलमा

अहिले पोखराको उत्तर पश्चिम भेग अस्ताम गाउंमा झरना थापाको निर्देशनमा फिल्म ए मेरो हजुर ४ धमाधम छायांकन भैरहेको छ । यता निर्माता संघ भने हाललाई सम्पूर्ण छायांकन रोक्नको लागि प्रेस विज्ञप्ती जारीनै गरीसकेको छ । जसले गर्दा हाल छायांकनमा रहेका फिल्मको छायांकन रोक्नुपर्दा अर्का निर्मातालाई घाटा लाग्ने निश्चिीत छ ।
यो अन्योल विश्वभर छाएको कोरोना भाइरसले गर्दा हो । जसले नेपाली फिल्म क्षेत्र पनि अछुतो रहेन । छायांकनको क्रममा रहेका निर्देशक रहेकी झरना थापा भन्छीन् –रोक्दा पनि समस्या, नरोक्दा पनि समस्या अहिलेनै केही भन्ने अवस्था छैन । उनि भन्छीन –यहां त्यस्तो डर छैन अहिलेलाई चाही रोक्ने अवस्था छैन । अझै एक हप्ता बांकी नै छ ।
सोही फिल्मका निर्माता सुनिल कुमार थापा भन्छन्–स्कुल कलेज त बन्द भएका छैनन् हामीले लगानी गरेका छौ सुरक्षा अपनाएका छौ । अहिले छायांकन कुनै हालतमा सर्दैन ।
नेपालमा कोरोना भाइरसको आतंक बाट बच्नको लागि सुरुवाती अवस्थामै आवश्यक सतर्ककता अपनाउन निर्माता संघले सबैमा यस्तो अनुरोध गरेको हो । तर निर्देशकहरु भने दोधारको अवस्थामा छन् ।
अहिले परदेशी २ पनि फ्लोरमा छ ।
निर्माता संघका महासचिव रोज राणा भन्छन् –संयमता अपनाऔं स्वास्थ्यनै ठुलो कुरा हो । स्वास्थ्य रहेनै भोली फिल्म क्षेत्र रहन्छ । भरसक सबैले सहयोग गरौं । चलचित्र संग सम्बन्धित सबै निकाय र कार्यक्रम नगर्न नगराउन अनुरोध गरेको उनले बताए । प्राविधिकहरुलाई बांकी छायांकन सोही प्याकेजमा गर्ने गरी सहमती गरराउने पहल गर्ने पनि उनले बताए । भोली फिल्म संग सम्बन्धित संघ संस्थाहरुसंग छलफलका लागि बोलाउने निणर्य गर्न अहिले निर्माता संघको तयारी भैरहेको छ । अहिले श्रावण महिना यता चालिस भन्दा बढी फिल्मले छायांकन अनुमति सिफारिस लिएका छन् र एक दर्जन फिल्म छायांकनको क्रममा छन् ।
छिमेकी राष्ट्र चीनबाट विश्वका अन्य मूलुकहरुमा महामारिको रुपमा फैलिरहेको कोरोना भाइरसको जोखिममा नेपाल पनि परेको भन्दै नेपाल सरकारले यसबारे चासो देखाएपछि विभिन्न संघ संस्थाले पनि आआफ्नो तर्फबाट सचेतनात्मक कार्यको लागि आफ्ना मातहतमा रहेका संस्थाहरुलाई जानकारी गराईरहेका छन् ।