सारीमा सजिएकी ‘मिस वर्ल्ड’ को नेपाल भ्रमण योजना

‘मिस वल्ड २०१९’ विजेता टोनी–एन सिंह बिहिबार नेपाल आइपुगेकी छन् । संस्कृति, पर्यटन र उड्यन मन्त्रालयको निमन्त्रणामा तीन दिने भ्रमणमा नेपाल आएकी सिंह विभिन्न कार्यक्रममा सरीक हुनेछन् । उनीसंग मिस वल्र्ड आयोजकका अध्यक्ष जुलिया मार्ले र निर्देशक स्टिभ डग्लससमेत नेपाल आएका छन् ।

गत जनवरीमा मिस नेपाल आयोजक हिडेन ट्रेजरले जुलिया मोर्ले र मिस वल्र्ड विजेतालाई नेपाल भ्रमणको निमन्त्रणा दिएको थियो । उनलाई स्वागत गर्ने एयरपोर्टमा मिस नेपाल अनुष्का श्रेष्ठ लगायत पुगेका थिए । नेपाल भ्रमणको क्रममा उनीहरुले मकवानपुर र सिन्धुपाल्चोक जिल्ला भ्रमण गर्नुका साथै मिस वल्ड नेपालमा आयोजना सम्भाव्यताको बिषयमा अध्यायन समेत गर्ने छन् । मिस नेपाल आयोजक संस्था हिडन ट्रेजरले स्थापनाको २५ औं वार्षिक उत्सव मनाउदै छ । यो अवसरमा सहभागी हुनका लागि समेत मिस वर्ल्ड नेपाल आएकी हुन् ।

नेपाल भ्रमणमा आएकी टोनीलाई एक कार्यक्रमका बीच संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले स्वागत गरेका छन् । साडीमा सजिएकी मिस वर्ल्डलाई आफ्नो सपना पुरा भएको लाग्यो रे ।