तिलक बस्नेतले ल्याए ‘सरी नभन’

रनभुल, माया पिरतीमा बैना मार्दिउकी लगायतका गीतका गायक तिलक बस्नेतको स्वरमा रहेको ‘सरी नभन ‘ बोलको गीत सार्वजनिक भएको छ । लक्ष्मण थापा मगरको शब्द रहेको यस गीतमा संगीत गायक तिलक बस्नेतले नै भरेका छन् । यस गीतलाई राम कुमार केसीले निर्देशन गरेका छन् । सुरेन्द्र भट्ट र प्रिया तामाङको अभिनय रहेको यस गीतको भिडियोलाई राम कुमार केसीले नै छायांकन गरेका छन् भने टेकेन्द्र शाहले सम्पादन गरेका छन् ।