रोकियो ‘म यस्तो गीत गाउछु २’ प्रदर्शन

फिल्म ‘म यस्तो गीत गाउछु २’ निर्धारित मितिमा प्रदर्शन नहुने भएको छ । विश्वमा नै फैलिएको नोबेल कोरोना भाइरसको कारण अर्को हप्ताबाट प्रदर्शनमा आउने भनिएको फिल्म रोकिएको हो ।फिल्म हाललाई स्थाकित गरिएको जानकारी दिदै टिमले विज्ञप्ति निकालेको छ ।

साथै फिल्म निर्माता सुदर्शन थापाले सरकारको सतर्क रहन गरेको अनुरोधलाई स्वीकार्दै केहि समयलाई फिल्म प्रदर्शन नगर्ने निर्णय गरेको बताएका छन् । हलसम्म आउन चाहने दर्शकमा पनि कोरोनाको आसंकाले रोक्ने भएको कारण फिल्म स्थाकित गर्ने  निर्णय भएको हो । हाल सम्म नेपालमा कसैलाई पनि यसको संक्रमण नदेखिए पनि उच्च जोखिममा रहेको देश भएका कारण सतर्कता अपनाउन जरुरी देखिएको छ ।

प्रतिक्षित फिल्म टाइगर श्रफको ‘बागी ३’ लाइ समेत कोरोनाले असर गरेको छ । यसको असर समेत हुन सक्छ टिमको निर्णय रहेको छ ।

फिल्म वितरक रिच इन्टरटेन मेन्टका  करण क्रेजीले बताए अनुसार कोरोनाको असर भिडभाडमा अझ बढ्न सक्ने भन्दै फिल्म प्रदर्शन रोकिएको हो । यसको प्रकोप कम भएसंगै हलमा लाग्ने फिल्मको आगामी प्रदर्शन मिति भने पक्का गरिएको छैन ।