क्राइम स्टोरीमा ‘चपली हाइट ३’ टिजर

- मेराेफिल्म

सफल फिल्म चपली हाइटको तेश्रो सिरिजको टिजर सार्वजनिक भएको छ । क्राइम स्टोरीमा बनेको फिल्मको एक मिनेट ४३ सेकेन्डको टिजरमा फिल्मका मुख्य कलाकारलाई समेटिएको छ । यस अघि फिल्मको एक गीत ‘चारानाको मसला’ सार्वजनिक भैसकेको छ जसलाई दर्शकले मन पराएका छन् ।

निकेश खड्का निर्देशित फिल्ममा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, अर्पण थापा, आमिर गौतम, महेश त्रिपाठी, प्रतिक श्रेष्ठलगायतका कलाकारहरुको अभिनय रहेको छ । निर्माता अर्जुन कुमार अघिल्ला दुई सिरिजभन्दा ‘चपली हाइट ३’ फरक कथामा बनेको बताउँछन् । फिल्मलाई अर्जुन कुमार फिल्मस्ले निर्माण गरेको हो ।

२०७६ फागुन २३ गते १६:१२ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *