सविनको अमिल्दो फण्डा

फिल्म साहो करिव ८महिना अगाडी प्रदर्शनमा आएको थियो । त्यस्तै बागी ३ आज बाट प्रदर्शनमा आएको छ । नेपाली फिल्म हिरो रिटर्न्स छायांकन सकिएको बर्षौपछि यहि बैशाख २६बाट प्रदर्शनमा आउन लागेको छ ।
फिल्मका मुख्य कलाकारको रुपमा छन्, सविन श्रेष्ठ । जसको कुनै पनि फिल्म सफल छैन । यहि बीच उनलाई आफ्नो फिल्मको पोष्टर भारतीय फिल्मले चोरेको झैँ लागेछ । सामाजिक संजालमा तस्विर पोष्ट गर्दै उनले चोरी आरोप लगाएका छन् ।
फिल्म प्रदर्शनको अन्तिम चरणमा फिल्मको कन्टेन तथा अन्य गहन विषय बस्तुमा कुरा गर्नु पर्नेमा उनी भने बेअर्थको तुलनामा लागेका छन् ।
हुन त छायांकनको यति समय भैसक्दा उनलाई फिल्मको कथा के नै याद होला । छायांकनको अनुभव सेयर गर्न पनि कहिले देखिको याद फर्काउनु पर्ने होला । त्यसैले नै ,अहिले आएर बेअर्थको पोष्टरको पछि लागेका छन् ।
फिल्म चलाउन फण्डा नै खोजेका हुन्, भने त केहि भन्नु छैन। होइन भने पोष्टर कति मिलेको र फिल्मको कन्टेन्टको ताकतको मुल्यांकन दर्शकले गर्ने नै छन्।

के प्रकाश सपुत नेपालका ‘सुपरस्टार’ हुन् ?

‘नाङ्गो गाउँ’को प्रचारमा किन छैनन् साम्राज्ञी ?

‘एक भगवत् र एक गीता’को कुनै कार्यक्रममा देखा परेनन् धिरज

सलोनका लागि झुल्किएका सलिन

परमिताले सार्वजनिक गरिन् ‘सोलमेट’

के मिडियाको दबाबमा केकीले बिहे गरेकी हुन् ?

प्रतिक्रिया