रोकियो आईफा : कोरोना प्रभाव

कोरोना भाइरसका संक्रमण बढेसँगै भारतीय अन्तर्राष्ट्रिय फिल्म एकेडेमी (आईफा) ले मध्य प्रदेशमा हुने भनिएको अवार्ड समारोह क्यान्सिल गरेको हो । सामाजिक सञ्जालमा सूचना जारी गर्दै जानकारी दिइएको शो भाइरसको संक्रमण निर्मुल भएसंगै योजना हुने आयोजक संस्थाले जनाएको छ ।

बिज्ञप्तिमा भनिएको छ, ‘भाइरसको फैलावटको बढ्दो चिन्ताको कारण र आईफाका प्रशंसकहरू र सर्वसाधारणको स्वास्थ्य र सुरक्षालाई मध्य प्रदेश सरकारसँग परामर्श गर्दै आईफा व्यवस्थापन, र फिल्म उद्योगका सरोकारवालाहरूको सल्लाह अनुसार रद्द गरिएको छ ।’ यतिबेला कोरोना भाइरसबाट सजगता अपनाउँनकै लागि भिडभाड नगर्न तथा अनावश्यक रुपमा घरबाट बाहिर ननिस्किन समेत विश्व स्वास्थ्य संगठनले आग्रह गरेको छ ।