हार्वी वाइन्स्टाइन लाई रिकर्स आइल्याण्डको जेलमा सारिदै

हलिवुड निर्माता हार्वी वाइन्स्टाइन लाई रिकर्स आइल्याण्ड को जेलमा सारिदै छ । उनलाई १० दिनको लागि हस्पिटल राखिएको थियो जहाँ उनको मुटुको उपचार गरिएको थियो । उनलाई जेलमा उपचारको व्यवस्था भएको नर्थ इन्फर्मरी कमाण्डमा राखिनेछ ।

वाइन्स्टाइनलाई फेब्रुअरी २४ मा अदालतले वलात्कार र यौन हिंसाको लागि दोषी ठहर गरेको थियो । उनलाई आउदो बुधबार २९ वर्ष सम्मको जेल सजाय सुनाउन सकिनेछ । दोषी ठहर भए पछि छाती दुख्ने र उच्च रक्तचापको कारण उलाई जेलको सट्टा हस्पिटल लागिएको थियो ।