निकको जीवन कै पहिलो होली

भारतीय नायिका प्रियंका चोपडा आफ्ना पति निकको साथ मुम्बईमा छिन् । शुक्रवार यी दुई पिरामल हाउसमा इशा अम्बानीले आयोजना गरेको होली पार्टीमा पुगेका थिए । निकको यो होली जीवन कै पहिलो होली हो । जसका केही तस्विर उनले सामाजिक संजाल मार्फत सार्वजनिक गरेका छन् । जहाँ उनी पत्नी प्रियंका र नायिका क्याटरिना केफसंग होलीको माहोलमा रमाएका छन् ।

उनले तस्विर सेयर गर्दै लेखेका छन्,’मेरो पहिलो होली, मेरो दोश्रो घर भारतमा राम्रा मान्छेहरु संग मनाउदा धेरै रमाइलो भयो’ । निक र प्रियंका दुबैले सफा सेतो कपडा लगाएका थिए । होली खेल्नु अगी समेत उक्त पहिरनमा तस्विर सार्वजनिक गर्दै उनले लेखेका थिए, ‘प्रियंकाले मलाई धेरै हसाउछिन् ।’


सम्पूर्णमा होलीको शुभकामना ।