काजल, नेहा र श्रुतीको ‘देवि’ माथि चोरी आरोप (भिडीयो सहित)

काजल, नेहा धुपिया र श्रुती हसन स्टारर सर्ट फिल्म ‘देवी’ लाई चोरीको आरोप लागेको छ । नोएडाको एसियन एकेडेमी अफ फिल्म एण्ड टेलिभिजनका बिद्यार्थी अभिषेक रायका अनुसार, उक्त फिल्म उनको सर्ट फिल्म ‘फोर’ संग धेरै मिल्छ । उनले यस विषयमा फेसबुकमा पोस्ट गरेका छन् ।

उनी लेख्छन्,’यहा केहि यस्तो छ जहा म सबैको ध्यान तान्न चाहन्छु ।  दुइ बर्ष पहिले जब हामी फिल्म स्कुलमा थियौं, हामीले अण्डाकरी प्रोडक्सन मार्फत एक छोटो फिल्म बनाएका थियौं।  जसको शिर्षक ‘फोर’ थियो । यसमा एक बलात्कार पिडितले अर्को पिडितको सहयोग गरेको थियो ।  हिजो एक छोटो फिल्म ‘देवी’ लार्ज सर्ट फिल्म्स नामको युट्युव च्यानलमा अपलोड गरियो ।  जसमा हाम्रो फिल्मसंग धेरै समानता छ ।  हाम्रो फिल्मको आधार पनि यहि नै थियो। ‘

उनी अगाडी लेख्छन्,’हो हाम्रो फिल्म एक बिद्यार्थीको फिल्म थियो ।  जसमा थोरै प्रोडक्सन डिजाइन, खराब अडियो र खराब कलाकार थिए ।  फेरी पनि यो हाम्रो आफ्नो कल्पना थियो ।  यो राम्रो भएन कसरी कोही अरुको आइडियालाई टिपेर आफ्नो भनेर दावी गर्न सक्छ की, यो उसको हो ।  फिल्म ‘फोर’ एसियन एकेडमी अफ फिल्म एण्ड टेलिभिजन’ को बौद्धिक सम्पति हो ।” देवीको मेकर्ससंग कुरा अहिले सम्म नभए पनि आफ्नो सम्पति बचाउको लागि उनी लड्ने छन् ।

देवीको कहानी प्रियंका बेनर्जीले लेखेकी हुन् ।  साथै निर्देशन पनि उनकै छ ।  फिल्ममा काजल, नेहा श्रुतिको साथ्मा निना कुलकर्णिका, मुक्त बर्वे, सन्ध्या मात्रे, रमा जोशी, शिवानी रघुबंशी र यश्वस्विनी समेतको अभिनय रहेको छ।
फोर भिडियो:

देवी भिडियो