न्यास्रोपछि अल्मोडाको ‘ज्वाईं चाहियो’

अल्मोडा राना उप्रेतीको नयाँ गीत ‘ज्वाईं चाहियो’ सार्वजनिक भएको छ । नेपालमा बिध्यमान सामाजिक सोचमा गीत आधारित रहेको छ । विदेश जान पर्ने सोच र पीआरले प्यारलाई पछी पारेको छ । यदि बिदेश जान पाउछन् भने परिवारले जस्तो पनि केटालाई छोरी दिन तयार रहेका छन् । हो, यहि कथा छ गीतमा ।

गीतमा अल्मोडा कै स्वर, शब्द, संगीत रहेको छ । भिडियोमा योगेश कार्की, सोनी घले, अनिल बिष्ट, अनिशा तिवारी, सुनिल बस्नेत, राजीव सेरचन, बिजय बानिया लगायतको अभिनय रहेको छ । लक्स तामांगको छायंकन, बिजुको कोरियोग्राफी, अनिशाको शृंगार भिडियोमा रहेको छ । योगेश कार्कीद्वारा सम्पादित भिडियो निर्देशन अतुल सिंह ठकुरी र बिजुको रहेको छ।