नामले ल्याएको निकिताको ‘मुस्कान’

पुर्व मिस नेपाल तथा नेपाली फिल्म क्षेत्र प्रवेश गर्दै गरेकी नायिका निकिता चाण्डक अपेक्षा गरिएको मध्ये एक हुन् । उनी अभिनित फिल्म साङलोले राम्रै प्रतिकृया प्राप्त गर्यो।  उनको योजना पनि यहि क्षेत्रमा नै केहि गर्ने छ ।

तर आज भने हामी उनको यो विषय नभएर अर्कै बिषयमा कुराकानी गर्दै छौ । आज अन्तर्राष्ट्रिय नारी दिवस महिला परिचय र शशक्तिकरणको लागि रमाउने एक दिन । निकिताको विषयमा कुरा गर्दा उनलाई एउटा बिषय खड्किने रहेछ, उनको नाम । उनको नाम नै कसैले पनि शुद्ध नबोलाउने नलेख्ने रहेछन । कसैले चन्दक, कसैले चन्द त कसैले अरु केही ।

हुन त, मानिस कामले चिनिने हो । तर नाम नै गलत भएपछि पक्कै फरक त पर्छ नै।  उनको गुनासो कम्तिमा नाम त शुद्ध भन्नुहोस, भन्ने छ ।

मेरोफिल्मले शुद्धसंग लेखेको उनको निकिता पछिको  चाण्डकले उनको मुहारमा खुसी ल्याएको थियो । हाम्रो तर्फबाट निकितालाई नारी दिवशको शुभकामना   ।