शुटिंगको क्रममा रणदीप हुड्डाको घुडाको हड्डीमा चोट

‘राधेः योर मोस्ट वान्टेड भाई’ को शुटिंगको क्रममा बलिउड अभिनेता रणदीप हुड्डाको घुडाको हड्डीमा चोट लागेको छ । अहिले उनको अवस्था सामान्य छ । हुड्डाले सामाजिक संजाल मार्फत उक्त जानकारी दिएका हुन् । उनले लेखेका छन् – ‘एक रमाइलो दौड पछिको सेल्फी .. राधेको सेटमा मेरो घुडामा चोट लाग्यो जसलाईमा ठिक गर्ने कोशिश गरिरहेको छु ।’

सलमान खान, रणदीप हुड्डा, दिशा पाटनी र जैकी श्राफ मुख्य भूमिकामा रहेको फिल्मलाई प्रभु देवाले निर्देशन गरिरहेका छन् । केहि दिन अघि कोरोन भाइरसको कारण फिल्मको थाईल्याण्ड शुटिंग रद्ध गरेर त्यसको सट्टा मुम्बईमा शुटिंग गरिने खबर पनि आएको थियो । यो प्रतिक्षित फिल्म इदमा रिलिज हुनेछ ।