आस्थाको ‘डन्ठी’ प्रेम

- मेराेफिल्म

गायिका आस्था राउतको प्रहरीसंगको विवादले ठुलै होहल्ला मच्चायो । घटना घटे पछिको लाइभ भिडियोको त झन् कुरै नगरौ ।

पुर्पक्षका लागी थुनामा राखेर अनुसन्धान गर्ने अधिकार पाएको प्रहरीले उनलाई झुटो बिरामी बनाउदै एक रात अस्पतालमा राख्यो । र जरिवाना तिराउदै बाहिर नै छोड्यो । केसको छिनोफानो भएको भएको भने जानकारी छैन ।

उनमा यो समयमा मानशिक असर परेको पक्का थियो । रिस देखाउदै प्रहरी समक्ष पुगेकी उनी, हास्दै बाहिर निस्केको देखियो । त्यति मात्र हैन, प्रहरीलाई देख्न नसक्ने दुनिया थरि भन्ने उनी, पत्रकारलाई गलत भन्दै प्रहरीको वाहवाही गर्दै बाहिर आइन् ।

तर, अझै पनि उनलाई यो घटनाको असर भने परेकै देखियो । हुन त प्रहरी समक्ष पुगे पछि कस्ता कस्ता अपराधी त सुध्रिएर आउछन् ।

आजको अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महिला प्रहरी (उनको भाषामा डन्ठी, प्युसी) संगको तस्विर सार्वजनिक गर्दै शुभकामना दिएकी छन् ।

उनलाई यो ह्यांगबाट उत्रिन कति समय लाग्ला, खै !

२०७६ फागुन २५ गते १६:१५ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *