चैत १मा कमेडी च्याम्पियन फिनाले

Mero Film

कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को फिनाले ललितपुरको बालकुमारीस्थित आफ्नै स्टुडियोमा हुने अप्क्का भएको छ । निर्देशक विशाल भण्डारीलेका अनुसार फिनाले हेर्नका लागि इसेवामार्फत तीन हजार शुल्कको टिकट लिनुपर्नेछ ।

आउँदो चैत १ गते शनिबार अपरान्ह ४ बजेदेखि साँझ ७ बजेसम्म तीन घण्टा हुने फिनाले कार्यक्रममा वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य र अभिनेता राजेश हमाल पनि सहभागी हुने निर्देशक भण्डारीले जानकारी दिए । कमेडी च्याम्पियनको विभिन्न चरण हुँदै सुमन कोइराला, खड्गबहादुर पुन र हिमेश पन्त फाइनलका पुगेका हुन् ।


Leave a Reply

Your email address will not be published.