नेपाली नायिकाको भारत मोह !

नेपाली नायिकाहरु धमाधम विवाह गर्दै छन् । रीचा शर्मा र प्रियंका कार्कीले विवाह गरि सके भने, आँचल शर्मा विवाहको तयारीमा छिन् ।
यी तिनै नाम नेपाली फिल्म क्षेत्रको चर्चित नाम हुन्। सबैले नै विवाह अगाडी ‘ब्याचलर्स पार्टी’ दिए । मेहेन्दी, संगीत गर्दै विवाह गरे । भारतीय पहिरन र संस्कृतिको धेरै नै प्रभाव देखियो विवाहमा ।
प्रियंकाले त स्पस्टिकरण नै दिन पर्यो । भलै उनको कुरा कतिको विश्वास गर्न लायक थियो उनी आफै जानुन् ।
अब चर्चा सुरु भएको छ, आंचलको । उनको ब्याचलर्स पार्टी सकिए संगै संगीत समेत सकिएको छ ।
नेपाली फिल्म क्षेत्रमा काम गर्ने, समाजले रोल मोडल मानेका नायिकाको भारतीय संस्कार मोह गज्जबको छ ।
बिवाह त सकिएला । नाम नामका कार्यक्रम पनि सकिएलान्, अनि विवाह समारोह पनि । त्यो पछी फर्किने भनेको त फिल्म क्षेत्रमा नै हो ।
त्यो बेला कुन मुखले ‘नेपाली फिल्म लाई मायाँ गरौ भन्ने होला ?’
अब आफुले भारतीय संस्कार स्वीकारेपछि, दर्शकको भारतीय फिल्म मोहले आफ्नो सकिदै गएको करियर टुलुटुलु हेर्ने कि ? लाज पचाएर फेरी पनि, मेरो नेपाली मौलिकता बोकेको फिल्म भन्दै आउने ? स्थिति त अप्ठ्यारो बन्दै छ।

कुन्साङको सेल्फीमा आकाश र करुणा

आइटम गीतमा जम्दै वर्षा सिवाकोटी

रेखालाई बेनिशाको करिअरको चिन्ता

पल र करिश्मालाई कती हतार ?

जताततै स्वस्तिमा

निश्चलसँग फिल्म गरेपछि स्वस्तिमाको प्रशंसा नै प्रशंसा
_1K2RpWMqh9_xab27tnubq43azrglygwvoolehh3h6uzc4cwyqj1hafkgroeljph7miww65a_zJqjQtsu9A_8axkaglzbcp0xe1mxenmiic6kwdyawqehyjouxtftm2dtmvw24mf4lvorynl.jpg)
वर्षाको प्रचारः फिल्मको कुरा एकातिर, डिभोर्सको चर्चा चारैतिर

प्रतिक्रिया