एक लाइन कथामै त्यत्रो विश्वास ?

नम्बर वान भनिएका नायक अनमोल केसी माथि ठगी आरोप । उनले स्पस्टिकरणमा केहि शब्द खर्चिए । अनि आफु माथि चरित्र हत्या प्रयास गर्दै बदनाम गरेको आरोप लगाए ।

स्क्रिप्ट छान्न नजानेर धेरै राम्रा कलाकारको करियर बर्बाद भएको छ।  अनमोल भने पटक पटक म स्क्रिप्टमा ध्यान दिन्छु भन्दै आएका छन् ।

तर ‘धुपौरे’ त उनले एक लाइन कथा सुनेकै भरमा ‘हुन्छ’ भनेछन् ।अझ कागज समेत गरेछन्, फिल्म गर्ने भनेर । आफुले रकम लिएको समेत स्वीकारेका छन् ।

उनले फिर्ता दिन चाहेको बताएका छन् र नियत गलत भएको टिम भनेका छन् । कुरा ठिकै पनि होला ।

तर अहिलेको समयका टप लिस्टमा पर्ने नायक नै स्क्रिप्ट नै नपढी साइन गर्ने अनि, फस्ने ?

सबैलाई थाहा छ, स्क्रिप्टको कथा फिल्ममा आउदा कहिले पनि सत प्रतिसत बन्न सक्दैन । त्यसो हो भने अब अनमोल जतिको व्यक्तिले एकलाइन कथा मै विश्वास गर्ने त ?

सानो सानो गल्तिले करियर नै खतरामा नपरोस, शुभकामना।