नेपाली संगीतकर्मीलाई नायिकाको च्यालेन्ज

विवाहको माहोल छ । नेपाल भित्रिएको छ भारतीय संस्कृति हल्दी, मेहेन्दी अनि संगीत । संगीतमा बझ्ने अधिकांस गीत भारतबाट आयातित छन् । सायद नेपाली प्रोडक्टमा विश्वास नभएर होला ।

नाच्न कै लागि नेपाली गीत छैनन् त, गीत संगीत जगतमा ? यो च्यालेन्ज नजानिँदो त्वरले नायिकाहरुले शिर्जना गरेका छन् आफ्नो विवाह कार्यक्रममा बलिउडलाइ मान्यता दिएर।

हुन त होली वाइनमा बिकेर, केक काटेर, बत्ति निभाउने संस्कृति त नेपाल भित्रियो । जाबो संगीत भन्न सकिएला । तर ?

अर्को पनि बाटो छ है पन्छिने । कलाको कुनै भाषा हुदैन भनेर ।

तर सकारात्मक रुपमा सोच्ने हो भने, संगीत सेरेमोनीलाई नेपालीपन दिन सकिन्न र ? यसको लागि गीतसंगीतमा केहि नयाँ शिर्जना गर्दै केहि पुराना समेट्दै नेपाली संगीत सेरेमोनी आयोजना गरे कसो होला ?

यस विषयमा संगीतकर्मीले पनि सोच्ने पो हो की ?