होलीमा ५६६ट्राफिक प्रहरी परिचालित

नेपाली कलाकर्मीको होली यस पटक खल्लो खल्लो नै छ ।  हरेक बर्ष होली मनाउने करिश्मा मानन्धरले समेत यो पटक होली कार्यक्रम आयोजना गरिनन् । कोरोनाको प्रभाव हुन सक्छ सहर सडक सुनसान नै छ ।  तर पनि होली मनाउने सोचेर बाहिर हुनुहुन्छ भने सचेत रहनुस ।  आज ट्राफिक प्रहरीको चेकिंग धेरै स्थानमा छ । होली भनेर नियम उल्लङ्घन गर्ने सोचमा हुनुहुन्छ भने विचार गर्नुस है ।

उपत्यका ट्राफिक प्रहरी महाशाखाले होली पर्वलाई दुर्घटनारहित र सुरक्षित बनाउन होली विशेष सुरक्षा योजना लागू गरेको छ । राजधानीको अधिकांश चोक, गल्ली तथा सडकमा सुरक्षा जाँच कडा पारिएको छ । उपत्यकाका ७६ स्थानमा चेकिङ प्वाइन्ट र १४ वटा मोबाइल भ्यानहरूले गस्ती तथा मोबाइल चेकिङ भैरहेको छ भने ५६६जना ट्राफिक प्रहरी परिचालन गरिएको छ ।

मादक पदार्थ सेवन गरी जथाभावी सवारी चलाउने, हेलमेट नलगाई दुईपांग्रे सवारी नचलाउन, ओभरलोड वा मोटरसाइकलमा दुई जनाभन्दा बढी मानिस राखेर यात्रा नगर्न, ठूलो हर्न नबजाउन, ठूलो आवाज निकालेर सवारी नचलाउन, जिकज्याक गरी नचलाउन, मोटरसाइकललाई मोडिफाइ गरेर चलाउनेलाई कारबाही गर्न विशेष जाँचको व्यवस्था मिलाइएको छ । त्यस्तै, सडक र सवारी प्रयोगकर्ताहरूलाई उपत्यकामा कुनै पनि समस्या परेमा वा यात्राको क्रममा कुनै जानकारी लिनु परेमा ट्राफिक प्रहरीको हटलाइन १०३ मा फोन गर्न अनुरोध गरेको छ ।