काल संग चेस खेल्ने म्याक्स भोन सिडो को निधन

चर्चित स्विडिस अभिनेता म्याक्स भोन सिडोको निधन भएको छ । ९० वर्षको उमेरमा फ्रान्समा उनको निधन भएको हो । सोमबार उनकी श्रीमतीले उक्त खबर दिएकी हुन् ।

भोन सिडोले विश्वप्रसिद्ध स्विडिस फिल्म निर्देशक इंगमार बर्गम्यान सँग धेरै फिल्महरुमा सहकार्य गरेका छन् । बर्गम्यानका ‘द सेभेन्थ सिल’, ‘वाइल्ड स्ट्राबेरिज’, ‘द भर्जिन स्प्रिंग’, ‘विन्टर लाइट’ लगायतका धेरै कालजयी फिल्महरुमा उनको अभिनय रहेको छ । सन् १९५७ को फिल्म ‘द सेभेन्थ सिल’ मा उनले आफ्नो आयु लम्ब्याउन काल सँग चेस खेलेका छन् ।

भोन सिडोले मार्टिन स्कोरसीसी, डेभिड लिन्च, वुडी एलेन जस्ता निर्देशकहरु सँग पनि काम गरेका छन् । उनले ‘द एग्जोर्सिस्ट’, ‘स्टार वार्स : द फोर्स अवेकन्स’ र ‘गेम अफ थ्रोन्स’ मा पनि काम गरेका थिए ।