रजनिकांतको फिल्ममा गोपिचंद पनि

Mero Film

तेलुगु फिल्म स्टार गोपिचंद रजनिकांतको फिल्म ‘अन्नात्थे’ मा देखिने भएका छन् । रजनिकांत र गोपिचंदको यो पहिलो सहकार्य हो । स्रोतका अनुसार गोपिचंद अहिले सम्मकै भिन्न भूमिकामा फिल्ममा देखिनेछन् ।

सन् पिक्चर्सको ब्यनारमा बन्न लागेको फिल्मको प्रि-प्रोडक्सनको काम विगत ६ महिना देखि चलिरहेको छ । फिल्ममा प्रकाश राज, सुरी, सतिशको पनि अभिनय रहनेछ । सिरुथाई सिवाले फिल्मको निर्देशन गर्दैछन् । यो फिल्म रजनिकांतको १ सय ६८ औ फिल्म हो ।


Leave a Reply

Your email address will not be published.