राईको ‘बाटोको काँडा’ मा नरेश भट्टराई

गायक सपन कुमार राईको स्वर रहेको ‘बाटोको काँडा’ बोलको गीतको भिडियो सार्बजनिक गरिएको छ । काठमाडौँमा एक औपचारिक कार्यक्रम मार्फत भिडियो सार्बजनिक गरिएको हो । यहि भिडियोबाट संचारकर्मी नरेश भट्टराईले लगभग ८ वर्षपछि भिडियो अभिनयमा कमब्याक गरेका छन् । भिडियोमा नरेश भट्टराई संगै अभिनेत्री रेबिका गुरुङ पनि देखिएकी छिन् ।

सार्बजनिक गरिएको गीतमा लोकप्रिय गायक तथा संगीतकार तारा प्रकाश लिम्बुको शब्द तथा संगीत रहेको छ । राम कुमार केसीले छायांकन गरेको म्युजिक भिडियोको निर्देशन फिल्म निर्देशक मिलन चाम्सले गरेका हुन् । त्यस्तै सम्पादन धुर्बराज पराजुली (प्रज्वलित) ले गरेका हुन् ।

सपन इन्टरटेन्टमेन्टका संचालक समेत रहेका गायक राई लामो समय देखि लन्डनमा बस्दै आएका छन् । उनले बेलायतमा हुने विभिन्न नेपाली कार्यक्रमहरु पनि आयोजना गर्ने गर्दछन् ।