रणवीर सिंहको ‘८३’ माथि कोरोनाको प्रभाब

कोरोना भाइरसको प्रभाब रणवीर सिंह अभिनित फिल्म ‘८३’ मा पनि परेको छ । भाइरसकै कारण ‘८३’ को ट्रेलर सार्बजनिक कार्यक्रम स्थगित गरिएको छ । ११ मार्चमा उक्त कार्यक्रम भब्य संग सम्पन्न गर्ने तयारी निर्माण टिमले गरिरहेको थियो ।

कार्यक्रममा फिल्मका निर्देशक कबीर खान, मुख्य कलाकारहरु रणवीर सिंह र दीपिका पादुकोण साथै पूर्व भारतीय क्रिकेट खेलाडी कपिल देव पनि सहभागी हुने योजना थियो । तर एकै ठाउँमा त्यसरी धेरै मानिसहरु जम्मा हुँदा कोरोनाको डर हुने भएकोले कार्यक्रम स्थगित गरिएको हो ।

‘८३’ सन् १९८३ मा भारतले क्रिकेट वर्ल्ड कप जित्दाको कथामा आधारित छ । रणवीरले फिल्ममा कपिल देवको भूमिका निभाएका छन् ।

कोरोनाकै कारण बलिवुडका विभिन्न फिल्महरुको छायांकन प्रभावित भएका छन् भने केहि सेलिब्रेटीहरुले आफ्नो भ्रमण पनि स्थगित गरेका छन् ।