‘हजार जुनीसम्म’ अब भारतमा प्रदर्शन हुने

विकासराज आचार्य निर्देशित फिल्म ‘हजार जुनीसम्म’ अब भारतमा रिलिज हुने भएको छ । यहि आउँदो शुक्रबारबाट नेपाली भाषीहरु रहेको ठाउँहरु दार्जिलिङ, कालिम्पुङ, सिक्किम र सिलीगुरीमा फिल्म प्रदर्शन हुने भएको हो । सोमवार कालिम्पुङमा पत्रकार सम्मेलनको आयोजना गर्दै निर्माण टिमले उक्त जानकारी दिएको हो ।

फिल्म सिलीगुरीको इनोक्स सिटी सेन्टर, इनोक्स भेजा मल, कार्निभल, दार्जिलिङ्गको इनोक्स रिङ्क मल, कुर्सियोङ्गको फान्टासिया, कालिम्पुङको ड्रिम थियटर, सिक्किमको ड्रिम थियटर, गान्तोकको डेन्जोङ्ग हल र नाम्चीको इपेरियल टाकिज लगायतका हलमा फिल्म प्रदर्शन हुनेछ ।

पत्रकार सम्मेलनमा अभिनेताहरु आर्यन सिग्देल र अखिलेष प्रधान, अरुण रेग्मी र भारत प्रदर्शन अधिकार लिएको ड्रिम थिएटर मोसन पिक्चरकी मार्केटिङ हेड सुष्मा राई उपस्थित थिए । सुष्मा राईले सिक्किमको प्राकृतिक सुन्दरता कैद गरिएकाले सिक्किमका दर्शकलाई फिल्म हेर्न आग्रह गरिन् । अखिलेस प्रधानले डेब्यु फिल्ममा आफुले सकेको काम गरेको बताए । उनले आफ्नो पहिलो फिल्म भएकोले धेरै सिक्न पाएको भन्दै फिल्मलाई रुचाइने आशा ब्यक्त गरे । त्यस्तै अरुण रेग्मीले आफुहरुले विभिन्न राम्रा नेपाली फिल्महरु भारतमा नियमित प्रदर्शन गर्ने योजना बनाएको बताए ।

फिल्मको छायांकन सिक्किम र दार्जिलिङ्गको रमणीय दृश्यमा गरिएको थियो । फिल्ममा स्वस्तिमा खड्का, अनुभव रेग्मी, सलोन बस्नेत, सञ्चिता लुईंटेल, शिवहरी पौडेल लगायतका कलाकारहरुको पनि अभिनय छ । पुरुषोत्तम प्रधानको छायांकन रहेको फिल्मको पटकथा सामिप्यराज तिमिल्सिनाले लेखेका हुन् । कविता रेग्मी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता विशाल चाम्लिङ हुन् ।