राजेश र निखिलको सहकार्य !

राजेश हमाल र निखिल उप्रेती एकसाथ काम गर्ने भएका छन् । यसका लागि पहिलो चरणमा कुराकानी सम्पन्न भएको छ । निखिल उप्रेती अहिले ‘भैरव’ को सिक्वेल ‘आयो भैरव’ निर्माणको तयारीमा छन् । निखिल आफैंले निर्देशन गर्ने फिल्मको पात्रलाई लिएर नायक हमाल सकारात्मक रहेको बुझिएको छ ।

यसअघिको ‘भैरव’ मा पनि निखिलकै निर्माण र निर्देशन थियो । व्यापारिक हिसाबले फिल्म सफल भएको थियो। अवको फिल्ममा राजेश हमालको इन्ट्री भएमा फिल्म प्रतिक्षारत बन्ने छ ।