कोरोनाका कारण जस्टिन बिबरको शो प्रभावित

कोरोना भाइरसको असर फिल्म संगसंगै कन्सर्टमा समेत परेको छ । अन्तर्राष्ट्रिय गायक जस्टिन विवरको शो खराव टिकट सेल्सका कारण सानो ठाउँमा शिफ्ट गरिएको छ । जस्टिन, मेमा नर्थ अमेरिकाको टुरमा छन् ।
कोरोना भाइरसको कारण चिनमा हाल सम्म ३हजार बढीको मृत्यु भैसकेको छ । चिनबाट सुरु भएको कोरोना १०९ देशमा फैलिएको छ ।

कार्यक्रमलाई लिएर वीबरको तर्फाबाट केहि पनि प्रतिक्रिया आएको छैन । तर आठ स्थानबाट भेन्यु परिवर्तनको विषयमा ट्वीट सार्वजनिक भएको छ । यस टुरको घोषणा क्रिसमसमा नै भएको थियो । पछिल्लो पांच बर्ष पछी विवरको यो पहिलो एल्बम हो । साथै तीन बर्ष पछीको पहिलो टुर । कोरोनाको कारण धेरै इभेन्ट रद्ध गरिएको छ।