सिड्नीमा मरिष्का : थेरापी प्वाइन्टकी ब्राण्ड ऐम्बेष्टर

नेपाली फिल्मकी अभिनेत्री मरिष्का पोखरेल थेरापी प्वाइन्टकी ब्राण्ड ऐम्बेष्टर नियुक्त भएकी छन् । बिभिन्न सांगितिक कार्यक्रममा सहभागि हुन गत हप्ता मात्र सिड्नी आएकी मरिष्कालाई थेरापी प्वाइन्ट,ऐजुकेसन तथा माइग्रेसन कर्नर र नेसन वाइड स्टेट ऐजेन्ट रियल स्टेटका प्रमुख सुनिल उप्रेतीले ब्राण्ड ऐम्बेष्टर नियुक्त गरेका हुन । सिड्नीको लिडकममा रहेको वाइट पार्कमा भब्यताका साथ मनाईएको सिड्नी होली मेलाको कार्यक्रम बीच मरिष्कालाई ब्राण्ड ऐम्बेष्टर घोषणा गरिएको थियो ।

होली मेलामा करिब दुई हजार भन्दा बढी नेपालीहरूको सहभागिता रहेको कार्यक्रम बीच मरिष्का थेरापी प्वाइन्टकी ब्राण्ड ऐम्बेष्टर घोषणा भएकी हुन् । यो थेरापी प्वाइन्टका सन्चालक सुनिल उप्रेती यो बिषय र बिधामा सक्रिय अष्ट्रेलियाकै पहिलो नेपालीमा पर्दछन् -‘ मरिष्काजीलाई थेरापी सम्बन्धि ज्ञान पनि भएको र यस बिषयमा उहांले अध्ययन पनि गर्नु भएकोले उपयुक्त ब्यक्ति ठानेपछी उहांलाई हामीले आग्रह गरेका हौ । उहांले पनि मान्नु भयो ‘ उप्रेतीले जानकारी दिए । मरिष्का पछील्लो समय सालको पात बोलको गीतको म्यूजिक भिडियोबाट चर्चामा आएकी अभिनेत्री हुन् । उनी, के म तिम्रो होइन र, मिष्टर भर्जिन लगायतका फिल्मकी नायिका हुन -‘ आफूले जानेको, पढेको र ज्ञान भएको बिषयमा आबद्द हुन पाउनुलाई म अबसरकै रूपमा लिन्छु । मलाई ब्राण्ड ऐम्बेष्टरको रूपमा बिश्वास गर्नु भयो । म उहांहरुको बिश्वासलाई सगौरब निभाउने छु -‘ सिड्नीमा भेटिएकी मरिष्काले भनिन् ।

अहिले सुनिलको थेरापी प्वाइन्ट सिड्नीको क्याम्बल टाउनमा छ भने चांडै यसको शाख सिड्नीकै सेभेन हिल्सबाट पनि सन्चालनमा आउने भएको छ -‘ हामीबाट अहिले साइकोलोजी थेरापी,अकुपेसनल थेरापी र स्पीच थेरापीको सुबिधा प्राप्त गर्न सक्नुहुन्छ भने हामी चांडै यो बाहेक फिजियो थेरापी पनि शुरू गर्दै छौं -‘ सुनिलले जानकारी दिए ।